Sunday, April 19

पुरुषमा एन्टिबडी बन्ने प्रक्रिया १४ प्रतिशत बढी, महिलाको तुलनामा बढी खतरामा भएपनि प्रतिरोधी क्षमतामा भने अघि

नेपाल अखबार, एजेन्सि। पुरुषमा कोरोनाका कारण मृत्यु हुने खतरा महिलाकोभन्दा धेरै भएपनि शरीरमा एन्टिबडी बन्ने विषयमा भने उनीहरु अगाडि नै छन् । बेलायतको सबैभन्दा ठूलो स्वास्थ्य एजेन्सी एनएचएसका अनुसार कोरोनाद्वारा संक्रमित पुरुषमा महिलाको तुलनामा धेरै एन्टीबडी बन्ने गर्छ ।
हालै यसबारे अनुसन्धान भएको छ । अनुसन्धानको लक्ष्य कोरोना सर्भाइभरको ब्लड प्लाज्मालाई संक्रमित व्यक्तिमा चढाइए एन्टिबडीले भाइरससँग लड्न कत्तिको सहयोग गर्छ भनेर पत्ता लगाउनु थियो । उनीहरुमा प्रतिरोधी क्षमताको स्तर कति बढ्छ भनेर पनि थाहा पाउने कोसिस गरिएको थियो ।
एनएचएसले सुरु गरेको थियो थेरापी प्रोग्रामः
एनएचएसले हालै कोरोनाका बिरामीका ब्लड एण्ड ट्रान्सप्लान्ट प्रोग्राम सुरु गरेका थिए । ट्रायलको क्रममा संक्रमित पुरुषमा ४३ प्रतिशत र महिलामा २९ प्रतिशत एन्टीबडी विकसित भयो ।
एनएचएसले कोरोना संक्रमणबाट निको भएकाहरुलाई ब्लड प्लाज्मा डोनेट गर्न अपिल गरिरहेको छ ता कि यसलाई कोरोनाका बिरामीमा चढाएर इम्युन रेस्पोन्सलाई बुझ्न सकियोस् ।
धेरैको ज्यान बचाउन सकिनेछः
ब्लड एण्ड ट्रान्सप्लान्ट प्रोग्रामका असोसिएट डायरेक्टर प्रो. डेभिड रोबर्टस्का अनुसार यतिबेला प्लाज्मा दानकर्ताको आवश्यकता छ । आफूहरुले प्लाज्मा दानकर्ताको परीक्षण गरिरहेको उनले जानकारी दिए ।
पुरुषमा एन्टिबडीको स्तर सबैभन्दा धेरै भेटियो । यसको अर्थ यो हो कि हामी धेरैको ज्यान बचाउन सक्छौं ।
एन्टीबडी यसकारण छ आवश्यकः
प्रो. डेविडले भने, ‘संक्रमणको सुरुवातमा तपाईंको प्रतिरोधी क्षमता सेतो रक्त कोसिकासँग मिलेर भाइरललाई मार्ने कोसिस गर्छ । तर जब तपाईं धेरै बिरामी हुनुहुन्छ तब भाइरस नष्ट गर्न प्रतिरोधी क्षमताले धेरै एन्टिबडी पैदा गर्न आवश्यक छ । तसर्थ यो प्रोग्राम असाध्यै महत्वपूर्ण छ ।’
कोरोना बिरामीलाई प्लाज्मा थेरापी दिन सकिनेछः
प्रो. डेभिड भन्छन्, ‘हाम्रो र संसारभरी भइरहेको अनुसन्धानका अनुसार कोभिड–१९ को संक्रमण पुरुषमा बढी भइरहेको छ । त्यसकारण यदि पुरुषले प्लाज्मा डोनेट गर्छन् भने उनीहरु निको हुने सम्भावना पनि धेरै हुन्छ ।’
गत हप्ता कोरोना संक्रमित बिरामीलाई यो ब्लड प्लाज्मा ट्रायल प्रोग्राममा समावेश हुन भनिएको थियो । यदि यो ट्रायल पूर्ण रुपमा सफल भए बेलायतका अस्पतालमा प्लाज्मा थेरापी सुरु गर्न सकिने बताइएको छ ।
 स्रोतः दैनिक भास्कर

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *