प्रशासनशिक्षा

बन्यो कार्यविधि : यसरी प्राप्त गर्नेछन् एसईईका विद्यार्थीले नम्बर

नेपाल अखबार, काठमाडाैं। माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीलाई नम्बर (ग्रेडसिट) दिनका लागि राष्ट्रिय परीक्षा बोर्डले नयाँ कार्यविधि बनाएको छ।
कोरोनाको महामारीका कारण चैत ६ गतेबाट हुने भनिएको एसईई परीक्षा स्थगित भई तत्काल सम्भव गर्न सम्भव नभएपछि सरकारले विद्यालयको आन्तरिक मूल्याकंनलाई नै आधार मानेर प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको थियो।
सोही निर्णयलाई कार्यान्वयन गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार ‘माध्यमिक शिक्षा परीक्षा एसइईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७’ ल्याएको हो।
सो कार्यविधिअनुसार विद्यार्थीको मूल्यांकनका लागि विद्यालयका प्रधानाध्यापक र दुई जना शिक्षक रहेको समिति निर्माण हुने र उक्त समितिले विद्यालयले गरेको अन्तिम मूल्यांकनाका आधारमा विद्यार्थीलाई नम्बर दिनेछ। गत वर्ष एसइई परीक्षामा सहभागी हुनका लागि चार लाख ८२ हजार दुई सय १९ विद्यार्थीले आवेदन दिएका थिए।
कार्यविधिमा भनिएको छ, ‘प्रधानाध्यापक अध्यक्ष रहने मूल्यांकन समितिमा कक्षा शिक्षक र सम्बन्धित माध्यमिक तहका शिक्षकमध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहनेछन्।’
सो समितिले विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक गरी दुई तरिकाले मूल्यांकन गर्ने कार्यविधिमा उल्लेख छ। सैद्धान्तिक अन्तर्गत विद्यालयले लिएका परीक्षामध्ये अधिकतम् पाठ्यक्रम समावेश हुने गरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णाङ्कअन्तर्गत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने र प्रयोगात्मक अन्तर्गत विद्यार्थीहरूको प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयले यसअगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समान्वय इकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनु पर्ने कार्यविधिमा उल्लेख छ।
यस्ता छन् मूल्यांकन समितिका काम, कर्तव्य र अधिकार
क) विद्यालयमा सञ्चालित कार्यक्रम अनुसार (साधारण÷संस्कृत÷प्राविधिक) विद्यार्थीहरुको संख्या यकिन गरी विषयगत रुपमा सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको प्राप्तांक विवरण तयार गर्नुपर्नेछ।
(ख) परीक्षा आवेदन फारम भरेका, परीक्षा दस्तुर बुझाएका र पाठ्यक्रमले तोके बमोजिम न्यूनतम् पचहत्तर प्रतिशत हाजिरी भएका विद्यार्थीहरुको मात्र मूल्यांकन वापतको अंक पठाउनुपर्नेछ।
(ग) अनुसूची २ को (क), (ख) र (ग) मा उल्लेखित समष्टिगत प्राप्ताब्क विवरण भर्दा साधारण तर्फका विद्यार्थीहरुको लागि (क), संस्कृत तथा वेद विद्याश्रम तर्फका विद्यार्थीहरुको लागि (ख) र प्राविधिक धार तर्फका विद्यार्थीहरुको लागि (ग) बमोजिम छुट्टा छुट्टै विवरण भर्नुपर्नेछ ।
(घ) नियमित, आंशिक र ग्रेडबृद्धि परीक्षामा सहभागी हुन परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको अलग अलगसमष्टिगत प्राप्तांक विवरण तयार गर्नुपर्नेछ।
(ब) अनुसूची २ बमोजिमको फारममा प्राप्तांक चढाउँदा विद्यार्थीहरुको सिम्बोल नम्बरको बढ्दो क्रममा चढाउनुपर्नेछ।
(च) मूल्यांकन समितिले अनुसूची २ मा माग भएका सबै विवरणहरु अनिवार्य रुपमा भर्नुपर्नेछ । त्यसरी भर्दा सैद्धान्तिक र प्रयोगात्मक विषयमा विद्यार्थीले प्राप्त गरेको प्राप्तांक छुट्टा छुट्टै उल्लेख गरी तीन प्रति समष्टिगत विवरण तयार गर्नुपर्नेछ ।
(छ) मूल्यांकन समितिले तयार गरेको प्राप्तांक विवरण परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराए बमोजिमको विद्युतीय प्रणाली (अनलाइन÷अफलाइन) मा प्रविष्टी ९भ्लतचथ० गर्नुपर्नेछ । त्यसरी विद्युतीय प्रणालीमा प्रविष्टी ९भ्लतचथ० गरिएकोविवरण प्रमाणित गर्नुपर्दा उपदफा (च) बमोजिम पेश भएको प्राप्तांक विवरणलाई आधार मानिनेछ।
(ज) उपदफा (च) बमोजिमकोविवरण तयार भएपछि मूल्यांकन समितिका सबै सदस्यहरुले हस्ताक्षर गरी विद्यालयको छापसमेत लगाई तीन प्रति शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनुपर्नेछ । सो मध्ये एकप्रति इकाईबाट प्रमाणित गराई प्रधानाध्यापकले विद्यालयमा अभिलेखको रुपमा राख्नुपर्नेछ।
(झ) ग्रेडबृद्धि परीक्षार्थीको रुपमा परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको हकमा निज माध्यमिक शिक्षा परीक्षामानियमित परीक्षार्थीको रुपमा सहभागी हुँदाको बर्षको प्राप्तांकलाई दफा ३(२) मा उल्लेखित प्रकृया बमोजिम परीक्षाआवेदन फाराम भरेका विषयहरुको मात्र सैद्धान्तिक तथा प्रयोगात्मक प्राप्तांक भरी पठाउनुपर्नेछ ।
(ञ) खुला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हकमा समेत सम्बन्धित विद्यालयले पाठ्यक्रम बमोजिमको प्रकृयाअबलम्बन गर्नुपर्नेछ ।
(ट) मूल्यांकन समितिले इकाईमा पेश गर्ने विवरणमा सच्याउन, केरमेट गर्न र टिपेक्स प्रयोग गर्न पाइनेछैन ।
(ठ) परीक्षा नियन्त्रण कार्यालयमा पेश गरिएको परीक्षा आवेदन फारम अनुसारको सिम्बोल नम्बर, नाम, थर र जन्ममितिरुजु गरी यकिन गर्नुपर्नेछ । यदि फरक पर्न गएको अवस्थामा सो व्यहोरा उल्लेख गरी परीक्षा नियन्त्रण कार्यालयमापत्राचार गर्नुपर्नेछ ।
(ड) बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म विद्यालयले मूल्यांकन विवरण गोप्य राख्नुपर्नेछ ।
(ढ) मूल्यांकन समितिले पठाएको विवरण झुठा ठहरेमा वा गलत विवरण पेश गरेको पाइएमा सोको कानून बमोजिमजवाफदेही मूल्यांकन समिति स्वयम्हुनेछ ।

the authoradmin

Leave a Reply