Sunday, November 2

तनहुँ र नवलपुरका थप १४ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशका तनहुँ र नवलपुरका  ११ पुरुष र ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
बिहीबार दिउसो तनहुँका म्याग्दे गाउँपालिका  ७ जना पुरुष र २ महिला तथा  नवलपुर बिनय त्रिबेणी गाउँपालिका ४ जना पुरुष र १  महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय ६७ पुगेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *