Tuesday, August 11

पहिरोका कारण कागेश्वोरी चक्रपथको इन्द्रायणी पासिखेल सडक खण्ड अवरुद्ध

नेपालअखबार, काठमाडौं । शंखरापुर नगरपालिका वडा नं ९ स्थित कागेश्वरी चक्रपथको इन्द्रायणि सडक खण्डमको पासिखेलमा पहिरोले सडक  अबरुद्ध भएको छ।

Advertisement

गत साउन ११ गते गते आएको अबिरल  वर्षाले सडक ५० मिटर भासिएर उक्त सडक खण्ड अबरुद्ध भएको हो।सो सडक खण्ड अबरोध भएसंङ्गै बिगत ११ दिनदेखी  सवारीसाधन आवतजावतमा समस्या भएको हो।

Advertisement
Advertisement

सो सडक खण्डबाट शंखरापुर नगरपालिकाको सानागाँउ, कागेश्वरी मनोहरा नगरपालिकाको प्रसिद्ध धार्मिक स्थल कागेश्वोरी धाम, गागलफेदी र सातघट्टे जान सकिन्छ।

Advertisement

उक्त सडक खण्डको आज बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री अमन मास्के,संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरी तथा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, काठमाण्डौ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम,संविधान सभा सदस्य रामेश्वर फुयाल,बागमती प्रदेश पूर्व वन तथा वातावरण मन्त्री राजु बिस्ट ,शंखरापुर नगरपालिकाका प्रमुख, उपप्रमुख विभिन्न वडाका निर्वाचित वडा अध्यक्ष एवम् विभिन्न राजनितिक दलका प्रतिनिधि एवम स्थानियबासिको बाक्लो उपस्थिती थियो।

सो कार्यक्रमको संयोजन शंखरापुर नगरका प्रथम मेयर सुबर्ण श्रेष्ठले गर्नुभएको थियो।सो अवसरमा बागमती प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री अमन मास्केले अवरुद्ध सडक खण्ड तत्काल संचालनमा ल्याउन बागमती प्रदेश सरकारले तत्कालै आवश्यक पहल कदमी लिने प्रतिवद्दता व्यक्त गर्नुभयो।