Tuesday, August 11

बेसीसहर–चामे सडक अवरुद्ध

नेपालअखबार, बेसीसहर। पहिरोले बेसीसहर–चामे सडक अवरुद्ध भएको छ।

Advertisement

अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बेसीसहर नगरपालिका–६ खरखरे भिरमा र मर्स्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement
Advertisement

कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले खरखरे भिरको पहिरो यतिबेला हटाउन सफल भए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको बताए।

Advertisement

६५ किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन्।