Friday, July 10

नदी कटानले कञ्‍चनपुरको कुतियाकवर बस्ती उच्च जोखिममा

नेपालअखबार,  कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० को अन्तिम बस्ती कुतियाकवर उच्च जोखिममा छ । तीनतिर महाकाली नदी र एकतर्फ जोगबुढा नदीले घेरेको यो बस्ती महाकाली र जोगबुढा नदीको निरन्तरको कटानले बस्तीनै नदीमा समाहित हुने जोखिममा छ ।

Advertisement

भारतसँग सीमा जोडिएको यो बस्तीमा महाकाली नदीको लगातारको कटानले ठूलो क्षति गरेको छ । स्थानीयका अनुसार असार यताको बाढीले दुई बिघा जग्गा नदीमा समाहित भइसकेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ ।

Advertisement
Advertisement

बस्तीलाई नहेरे पनि सरकारले आफ्नो भूमि जोगाउन पनि कटान रोक्ने उपाय खोज्नुपर्ने यहाँका स्थानीय खड्के बुढा बताउँछन् । ‘नदी कटानले गाउँ नै जोखिममा परेको छ अहिलेसम्म राज्यबाट नदी नियन्त्रणका लागि कुनै पहल हुनसकेको छैन’, उनले भने, ‘यहाँ अवलोकनका लागि सांसद मन्त्री धेरै पटक आउनुभयो तर नदी नियन्त्रणका लागि कुनै प्रयास भएन।’ उनले सिमाना जोगाउन पनि सरकारले नदीमा तटबन्ध निर्माण गर्नुपर्ने बताए ।

Advertisement

विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसँग जोडिएको कुतियाकवरमा बर्सेनी जोगबुढा र महाकाली नदीले जमिन कटान हुँदै आएको छ। ‘अहिले पनि महाकाली नदीले निरन्तर कटान गरिरहेको छ कुन दिन बस्तीनै नदीमा समाहित हुन्छ भन्ने चिन्ता छ’, स्थानीय टेकबहादुर सुनारले भने, ‘नदीले बर्सेनी खेतीयोग्य जमिन कटान गर्दैआएको छ।’