
नेपालअखबार, काठमाडौं। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा अड्किएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेर यो विधेयकको प्रतिवेदन गत जेठ २१ गते सभामा पेश गरेको थियो । समितिको प्रतिवेदन पेश भएको तीन महिना नाघिसक्दा समेत विधेयक अगाडि बढ्न सकेको छैन ।

