दुर्घटना

ट्र्याक्टर नहरमा खस्दा चालकको मृत्यु

नेपाल अखबार, रौतहट ।  रौतहटको गुजरा नगरपालिकास्थित एउटा ट्र्याक्टर नाहरमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
गुजरा ४ गढिमाई मन्दिर छेउमा तीब्र गतिमा गइरहेको ना७ त ८७३८ नम्बरको ट्र्याक्टर नहरमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा गुजरा १ मनहरवा गाउँका २७ बर्षिय संजय माझी रहेको घटनास्थल गएका प्रहरी चौकी हरिनगर पोखरभिण्डाका असई संजय सिंहले जानकारी दिएका छन् ।
बाटोबाट झन्डै १० फिट तल झर्दा चालक माझी ट्र्याक्टरले चेपिएका थिए ।
शनिवार बिहान ९ बजे ट्र्याक्टर नहरमा खसे लगत्तै प्रहरी र स्थानीयको सहयोगमा मृतक माझीको शव बाहिर निकालिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी चौकी हरिनगरले जनाएको छ ।

the authoradmin

Leave a Reply