Sunday, May 10

संघीय संसद् अन्तरगत प्रतिनिधिसभाका दुई समितिका बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाका दुई समितिका बैठक सोमबार बस्दैछ।  महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा राज्यको मूल प्रवाहमा आउन नसकेका समुदाय तथा जातजातिको जनसंख्याको अवस्था सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Advertisement

यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ।