मनोरञ्जन

आमिर खानसँग फिल्म खेलिसकेका जावेद तरकारी बेच्न बाध्य

Nepal Akhabar

नेपाल अखबार, एजेन्सि। ८० र ९० को दशकको फिल्ममा बाल कलाकारको रुपमा काम गरिसकेका नायक जावेद हैदरलाई लकडाउनले अत्यधिक पिरोलेको छ । काम नपाएका कारण जावेद तरकारी बेच्न बाध्य भएका छन् । जावेदको स्थितीबारे त्यतिबेला थाहा भयो जब डली बिन्द्राले उनको भिडियो आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गरे । टिकटकमा बनेको यो भिडियोमा जावेद गीत बजाउँदै, लिपसिङ गर्दै, तरकारी बेचिरहेको देखिएका छन् ।
थुप्रै कलाकार जुधिरहेका छन्ः
जावेद यस्ता पहिलो अभिनेता होइनन् जसलाई लकडाउनले अत्यधिक प्रभावित पारेको छ । यसअघि राजेश करीरले पनि एक भावुक भिडियो सेयर गर्दै मद्दत मागेका थिए । भिडियो भाइरल हुनेबित्तिकै राजेशले आर्थिक मद्दत पाउन थालेका थिए ।

बाल कलाकारको रुपमा फिल्म बाप नम्बरी बेटा दस नम्बरीमा कादर खानका छोराको रुपमा पनि उनी देखेका थिए । यसबाहेक उनलाई आमिर खानको फिल्म गुलाम र बाबरमा पनि देखिएको थियो । टिभी शो जीनी और जूजू, लाइफकी ऐसी की तैसीमा पनि देखिएका थिए ।

the authoradmin

Leave a Reply