Thursday, April 23

आगलागी हुँदा १० लाखको क्षति

नेपालअखबार,झापा। बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा १० लाखबराबरको क्षति भएको छ।

बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै १० लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए।

Advertisement

आगलागीबाट भान्सा पूर्ण रूपमा जलेर नष्ट भएको छभने एक स्कुटरसमेत जलेको छ। आगलागीबाट घरको दक्षिणतर्फको बरण्डाको भागसमेत जलेर क्षति पुगेको प्रहरीले जनाएको छ।

आगो निभाउने क्रममा सोही स्थानका मोहन तिमल्सिनाको हात, खुट्टा, गाला र ढाडमा सामान्य पिल्सिएको छ।

स्थानीय मेडिकलमा सामान्य उपचारपछि उहाँलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।