नेपाल अखबार, काठमाडाैं। राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पदबाट आफूलाई हटाउन प्रम केपी शर्मा ओली आफै प्रधानमन्त्री ओलीले कस्सिएर लागेको बताएका छन् । आइतबार नेपालको नयाँ नक्सा जारी गरेबापत आफूलाई हटाउन स्वदेशी तथा विदेशी मिलेर लागेको बताएका थिए ।
यसबारे जवाफ दिँदै लोहनीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विदेशी र स्वदेशी मिलेर नेपालको नयाँ नक्सा जारी गरे बापत तपाईंलाई हटाउने प्रयास हुँदैछ भन्ने तपाईंको आरोप पढियो । तपाईंको विश्लेषण गलत छ किनभने तपाईंलाई हटाउन तपाईं आफै कसिएर लाग्नुभएको छ, एकपटक शान्त भएर आफूले आफूलाई हेर्नुस् थाहा पाउनुहुनेछ ।’
Nepal Akhabar > Blog > राजनीति > आफूलाई प्रधानमन्त्रीबाट हटाउन ओली आफै कस्सिएर लाग्नुभएको छः लोहनी