Tuesday, April 21

भारत भ्रमण गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन

नेपालअखबार,काठमाडौं।  रूसी राष्‍ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमण गर्ने भएका छन्।

भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सका अनुसार पुटिनले छिट्टै भ्रमण गर्ने भएको हो।

Advertisement

तर मिति तय भने भइसकेको छैन।

रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले टाइम्ससँगको कुराकानीमा भ्रमणबारे जानकारी गराएका हुन्।

‘भ्लादिमिर पुटिनको भारत भ्रमण गर्ने मिति छिट्टै घोषणा हुन्छ र रूसले यसको तयारी थाल्नेछ,’ उनले भनेका छन्।