Wednesday, April 22

सभामुख घिमिरे कम्वोडिया जाँदै

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे मङ्सिर ७ गत कम्वोडिया जाने भएका छन् ।  ‘इन्टरनेसनल पार्लामेन्ट फर टोलोरेन्स एन्ड पिस (आइपीटीपी) को आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन सभामुख घिमिरे कम्वोडिया जान लागेको उनको सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

‘कम्वोडियाले आयोजना गर्न लागेको आइपीटीपी कार्यक्रम अन्तर्गत सम्माननीज्यू जान लाग्नुभएको हो‚’ अधिकारीले भने ।  अधिकारीका अनुसार सभामुख घिमिरे कार्यक्रममा सहभागी भएर मङ्सिर ११ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Advertisement

यस्तै सङ्घीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले पनि घिमिरे कम्वोडिया जान लागेको पुष्टि गरे ।