Friday, March 13

कोरोनाको वास्तविक स्रोत के हो? अनुसन्धान गर्न चीन जाँदै डब्लूएचओकाे टाेली

नेपाल अखबार, एजेन्सि। अहिले विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरसको स्रोत पत्ता लगाउन चीनमा अनुन्धान टोली पठाउन लागिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ।
डब्लूएचओले सोमबार दिएको जानकारीअनुसार त्यो टोली आगामी हप्ता चीन प्रस्थान गर्नेछ र विश्वव्यापी महामारी फैलाउने कोरोना भाइरस वास्तवमा कहाँबाट उत्पनन्न भएको रहेछ भनेर पत्ता लगाउन प्रयास गर्नेछ।
डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयससले सोमबारेको भर्चुअल पत्रकार सम्मेलनमा भनेका छन्, ‘जब हामी भाइरसबारे सबै कुरा पत्ता लगाउन सक्छौं, तब यसबविरुद्ध बृहद् रूपमा लड्न सक्छौं। यसकारण हामी यो प्रयास गरिरहेका छौं कि वास्तवमा यो भाइरसको स्रोत के हो? यही कुरा आगामी हप्ता चीन पठाइने अनुसन्धान टोलीले पत्ता लगाउन प्रयास गर्छ।’ तर उनले त्यो टोलीमा को को रहने भन्नेबारे स्पष्ट पारेनन्।
अहिलेसम्मको अनुसन्धानअनुसार वैज्ञानिकले कोरोना भाइरस चीनको वुहान बजारस्थित मासु बजारबाट उत्पन्न भएको विश्वास गरेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *