Saturday, May 2

फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गरेका छन् ।

सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

उनले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको बिरुद्धमा दृढतापूर्वक उभिन आग्रह गरे । उनले नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्ने बताए ।

उनले प्यालेस्टाइनीमाथि इजरायलको क्रुरता निन्दनीय रहेको बताए । नेपालले भने, ‘न्याय, सत्यको पक्षमा उभिनुपर्छ र अन्याय र अत्याचारको बिरुद्धमा, फासिजमको बिरुद्धमा हामी दृढतापूर्वक उभिनुपर्छ । जनताको कुरा गर्ने हो भने इजरायली जनतालाई पनि भन्न चाहन्छु, आफ्नो देशको फास्सिट नीति अवलम्वन गर्ने त्यस्ता शासकको पछि नलाग्नुस्, न्यायको पक्षमा उभिनुस् ।

अध्यक्ष नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भत्र्सनायोग्य रहेको बताए ।