
नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आज दिउँसो १२ बजे बस्ने बैठकले पार्टी केन्द्रीय सदस्यहरुको कार्यविभाजन र कार्ययोजना टुंगो लगाउने छ ।
शनिबारको स्थायी कमिटी बैठकमा आगामी कार्ययोजना र कार्यविभाजनबारे छलफल भएको थियो । पार्टीको नयाँ कार्ययोजना र कार्यविभाजन टुंगो लगाएर बैठक आइतवारै सम्पन्न गर्ने तयारी छ ।

