Monday, August 31

नेपाल विश्वविद्यालयको कुलपतिमा डा लोहनी

नेपालअखबार,काठमाडौँ । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी ४ वर्षका लागि चयन भएका छन् ।

Advertisement

नेपाल विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय, संरक्षण परिषद्को पहिलो बैठकले उनलाई कुलपतिको पदमा चयन गरेको हो ।

Advertisement
Advertisement

सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदक सहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका डा लोहनीले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् । नेपाल सरकारको निजामती सेवाबाट आफ्नो पेसागत जीवन सुरु गरेका ड लोहनी एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एसियाली विकास बैंकमा विभिन्न महत्त्वपूर्ण पदमा ३० वर्ष कार्यरत रहेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पछिल्लो चरणमा एसियाली विकास बैंकको उपाध्यक्षको जिम्मेवारी बहन गरेका थिए ।

Advertisement

डा लोहनीका विकास र वातावरण बारेमा विभिन्न कृतिहरू प्रकाशित छन् ।