समाचार

दाङमा वडाध्यक्षमाथि कुटपिट

Nepal Akhabar

नेपाल अखबार,  दाङ। दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको छ ।
वडा कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेको समयमा मंगलबार करिब साढे ११ बजेको समयमा वडाध्यक्ष डाँगीमाथि अज्ञात समूहले आक्रमण गरेको दाङका प्रहरी प्रवक्ता एवं डीएसपी सुमित खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार चार/पाँच जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गर्दा उनको टाउको र हातमा चोट लागेको छ । वडाध्यक्ष डाँगीमाथि कुटपिट हुनुका साथै उनीहरुले कालोमोसो दल्ने प्रयास समेत गरेको खड्काको भनाइ छ ।
घाइते वडाध्यक्ष डाँगीलाई उपचारका लागि तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा लगिएको उनले बताए ।
वडाध्यक्ष डाँगीमाथि कसले र कुन समूहले किन आक्रमण गरेको हो भन्नेबारे अहिले खुल्न नसकेको र आक्रमण गर्ने समूहको खोजीकार्य भइरहेको उनले बताए ।
the authoradmin

Leave a Reply