Sunday, July 5

विमानस्थलमा पर्यटकलाई सहजीकरण गर्न पर्यटनमन्त्रीको निर्देशन

नेपालअखबार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटक सेवामा सहजीकरण गर्न विमानस्थल सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

Advertisement

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरोकारवाला बैठकमा मन्त्री पाण्डेले उक्त निर्देशन दिएका हुन् ।

Advertisement
Advertisement

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संवेदनशील क्षेत्र हो । राजनीतिक मान्छेको सरल पहुँच भएका कारण यस क्षेत्रको धेरै गुनासो आउने गरेको छ । सुरक्षा निकायको भूमिका अझैं प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ,’ उनले भने, ‘एक पटक आउने विदेशी पर्यटकलाई पटक–पटक आउने खालको वातावरण बनाउनुपर्छ ।’

Advertisement

उनले त्रिभुवन विमानस्थल विदेशीका लागि प्रमुख प्रवेशद्वार भएकाले यहाँका कर्मचारीले राष्ट्रिय पहिचान झल्किने खालको पोसाक लगाउन समेत आग्रह गरे ।

मन्त्री पाण्डेले वार्षिक ४६ लाख यात्रु क्षमता भएको त्रिभुवन विमानस्थलले हाल ९० लाखलाई सेवा दिनुपर्ने बाध्यता रहेको बताए ।

प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त पार्न समेत उनले अनुरोध गरे । उनले विमानस्थलमा देखिएका समस्या पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न समेत निर्देशन दिए ।

उनले भन्सार, अध्यागमन, एयरलाइन्स, प्राधिकरण कसले के–के काम गर्ने र कति समयभित्र गर्ने भनी प्राथमिकीकरण गर्न समेत निर्देशन दिए ।