
नेपालअखबार,काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेवबिचको छलफल सकारात्मक भएको नेताहरूले दाबी गरेका छन् । नेपालसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गौतमले एकताका लागि दुई नेता एकजुट भएको दाबी गरे । एकताबारे केही दिनमै सञ्चारमाध्यमलाई जानकारी दिने बताए ।
नेपालसँग निर्णायक छलफल गर्न बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोक नगर पुगेका गौतम निकै उत्साहित देखिएका छन् । आजको बैठकमा सङ्गठनात्मक भन्दा पनि बढी राजनीति, सैद्धान्तिक पक्षबिच छलफल भएको छ ।
‘आजको छलफल उच्चस्तरीय सकारात्मक छ । अब केही दिनभित्र एकताको अन्तिम आकार दिइने समझदारी भएको छ । आजको बैठकमा सङ्गठनात्मकभन्दा पनि नीतिगत, राजनीतिक, सैद्धान्तिक छलफल भएको छ ।

