Tuesday, May 12

मुगुको लुमा केन्द्रबिन्दु भएर भूकम्प

नेपालअखबार, मुगु। मुगुमा भूकम्प गएको छ।

शुक्रबार बिहान ८:०३ बजे मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्म गएको हो।

Advertisement

भूकम्पको तीव्रता ४.४ म्याग्नेच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बिहान भूकम्पको धक्का महशुस भएको जानकारी दिए।

उनले भूकम्पले क्षति पुर्‍याएको सूचना प्राप्त नभएको जानकारी दिए।