Monday, August 17

छरिएर रहेका वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ: अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छरिएर रहेका वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताउनुभएको छ।

Advertisement

विचार  मिल्ने पार्टीसँग एकता तथा लोकतान्त्रिक, समाजवादीलगायत विचार समूहसँग सहकार्य गर्न सकिने उहाँले उल्लेख गर्नुभएको छ। पार्टीको बागमती प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको बिहीबार उद्घाटन गर्दै अध्यक्ष नेपालले सर्वहारा वर्गले विश्वास गर्ने कम्युनिष्ट नेताहरू निष्ठावान हुन नसकेकाले अहिलेको राजनीतिमा थुप्रै विकृति, विसङ्गति बढेको र जनता असन्तुष्ट भएको बताउनु भयो। राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले राजनीतिमा विश्वास गर्ने उहाँको भनाइ थियो।

Advertisement
Advertisement

अध्यक्ष नेपालले देशको तीव्र आर्थिक विकासका लागि सुशासन कायम गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि बढ्दै गएको भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताउनुभयो। पार्टी उपाध्यक्ष गङ्गालाल तुलाधरले एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

Advertisement