
नेपालअखबार,काठमाडौँ। नेकपा (एमाले) कालिकोटका युवा नेता मनोज वि.क नेकपा (एकीकृत समाजवादी) मा समाहित हुनुभएको छ।
सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता बेदराम भुसाल, उपाध्यक्ष जगन्नाथ खतिवडा, सचिव चन्द्र्रबहादुर शाही, पार्टीका कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, कालिकोट खाँडाचक्र नपाका मेयर कमल बहादुर शाहीलगायतका नेताहरूले नेता विकलाई पार्टीमा स्वागत गर्नुभएको हो।

