Tuesday, May 12

बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिए

नेपालअखबार ,सुर्खेत । अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत भेटिएका छन्। मृत भेटिनेमा ढकारी गाउँपालिका-८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेका छन् ।

शुक्रबार बाख्रा चराउन गएका एका घरका दुई बहिनीहरूको शव शनिबार अपराह्नतिर भेटिएको  जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारीले दुई किशोरीको शव अन्दाजी १५–१६ मिटरको दुरीमा भेटिएको बताए ।

Advertisement

घटना निकै शंकास्पद देखिएकाले अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर मगाएको छ। घटनास्थलमै रहेका डीएसपी भण्डारीका अनुसार  शव भेटिएको स्थानको माथितिर ढुंगैढुंगाको ठुलो भीर छ ।

त्यहाँबाट खसेका हुन् कि भन्ने प्रारम्भिक बुझाइ भएपनि वास्तविकता अनुसन्धानबाट मात्र खुल्ने उनले बताए।’दुवै किशोरीको शरीरमा चोटपटकको निसाना देखिएको छ,’ उनले भने ।

उनीहरू कमलबजार विनायक नगरपालिका१०, मा रहेको विद्याज्योति माविमा कक्षा आठमा अध्ययनरत थिए ।