
नेपालअखबार, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिए।एक करोड ३३ लाख ९४ हजार सात सय ५२ रुपैयाँको लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । विसं २०८० फागुनबाट निर्माण सुरु गरिएको झोलुङ्गे पुल समयमा नै निर्माण सम्पन्न भएको हो । पुल निर्माण भएसँगै त्यस क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा निक्कै सहज भएको छ ।

