Sunday, August 16

राजदूत तिमिल्सिनाद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

नेपालअखबार ,काठमाडौँ । मलेसियाका लागि नेपालका राजदूत डा‍.नेत्रप्रसाद तिमिल्सिनाले क्वालालम्पुरस्थित राजप्रासादमा आज आयोजित विशेष समारोहमा त्यहाँका राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजदूत तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजा इब्राहिमको सुस्वास्थ्य एवं दीर्घायुका साथै मलेसियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

Advertisement

त्यस अवसरमा मलेसियाका विदेशमन्त्री दातोसिरी उतामा हाजी मोहम्मद बिन हाजी हसन, विदेश मन्त्रालयका उच्चअधिकारीका साथै नेपाली राजदूतावासका पदाधिकारीको उपस्थिति थियो । राजदूत तिमिल्सिनासहित अन्य राष्ट्रका पाँचजना राजदूतले पनि सोही समारोहमा आ–आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Advertisement
Advertisement

Advertisement