राजनीतिसमाचार

संसदको वर्षे अधिवेशन स्थगन गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल अखबार, काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार संसद् अधिवेशन आजै बेलुका पाँच बजेदेखि स्थगन गर्ने निर्णय बैठकले गरेको हो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ ।
आगामी सोमबारका लागि बैठक बोलाइएको भएपनि त्यसअघि नै अधिवेशन स्थगनको निर्णय भएको हो ।
आजै मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

the authoradmin

Leave a Reply