प्रदेश ४स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित, १६ जना लमजुङका

नेपाल अखबार,काठमाडौं । गण्डकी प्रदेशमा १७ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा भएको परीक्षणबाट १७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निदेशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितमध्ये १६ जना लमजुङका हुन् भने एकजना कास्कीको पोखरा महानगरपालिकाका ३३ वर्षीय पुरुष हुन् ।
लमजुङका मध्ये ४ जना मध्यनेपाल २६ ४१ २७ ५० वर्षका पुरुष, सुन्दरबजारका ३६ ४८ र ६० वर्षका पुरुष र ३५ वर्षीया महिला, बेशीसहरका २४ २७ र ३४ वर्षका पुरुष, दोर्दीका २४ र २६ वर्षका पुरुष, दूधपोखरीका ५० वर्षीय पुरुष, मर्स्याङ्दीका ३९ वर्षीय पुरुष र राइनासका ४५ वर्षीय पुरुष रहेका छन् ।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १०३१ पुगेको छ ।
the authoradmin

Leave a Reply