Monday, July 6

वर्तमान सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेर आर्थिक संकट निम्त्याउदै छः अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेर आर्थिक संकट निम्त्याउन खोजेको दाबी गर्नुभएको छ।

Advertisement

साथै केपी ओली नेतृत्वको वर्तमान सरकार नालायक, अयोग्य, असक्षम र देश तथा जनताप्रति गैरजिम्मेवार रहेको दाबी गर्नुभएको छ।आइतबार अखिल नेपाल महिला संघ (समाजवादी) को सातौँ केन्द्रीय बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान केपी ओली सरकार संविधानप्रति इमान्दार नरहेको बताउनुभयो।

Advertisement
Advertisement

‘यो सरकार नालायक, अयोग्य, असक्षम र गैर जिम्मेवार मात्र होइन संविधान, नियम कानुन र विधान समेत कुल्चिन्छ’,अध्यक्ष नेपालको भनाइ छ। ओलीले संसद् विघटन गरेको पहिलाको नजिर रहेको नेपालले बताउनुभयो। पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेपालले मुलुकको आर्थिक अवस्था कमजोर रहेको भन्दै सरकार नै अनुत्पादक क्षेत्रमा खर्च गर्न उद्यत रहेको बताउनुभयो।

Advertisement

उहाँले भन्नुभयो,’भैसेपाटीको विशाल जग्गामा भवन बनेका छन्। १०औँ तलाका सिमित भवन निर्माण गरेको भए, राज्यको ढुकुटी बच्थ्यो। भ्यु टावर, पानी जहाँजको कार्यालय र प्रधानमन्त्री कार्यालयलाई सज्जाउने नाममा राज्यको ठूलो धनराशि खर्च गरिएको छ। यो सब कुरा हेर्दा ओली नेतृत्वको सरकार असफल छ। अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको छ्। जसले आर्थिक संकट निम्त्याउछ।’