Saturday, May 2

सशस्त्र प्रहरीले अपराधको अनुसन्धान गर्दैन :गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौँ। गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बललाई अपराधको अनुसन्धान गर्ने जिम्मेवारी विधेयकले नदिएको प्रष्ट्याएका छन्।

सोमबार सशस्त्र विधेयकमाथि प्रतिनिधि सभाको बैठकमा भएको छलफलपछि उठेका प्रश्नको जबाफ दिँदै गृहमन्त्री लेखकले सशस्त्र प्रहरीले कुनै पनि अपराधको अनुसन्धान नगर्ने बताएका हुन्।

Advertisement

उनले सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा खटिएका बेलामा अपराध नियन्त्रण गर्ने अधिकार भएको र त्यसपछि सम्बन्धित निकायमै बुझाउनुपर्ने बताए।

‘सशस्त्र प्रहरी बललाई कुनै पनि अपराधको अनुसन्धान गर्ने, मानिसलाई थुन्ने, मुद्दा अभियोजन गर्ने अधिकार हुँदैन, त्यो प्रहरीको अधिकार हो,’ उनले भने।

सीमा क्षेत्रको सुरक्षा गर्ने जिम्मेवारी पनि सशस्त्र प्रहरीकै भएकाले पनि त्यहाँ हुने आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि पक्राउ गर्नेसम्मको अधिकार भएको उनको भनाइ थियो।