Tuesday, April 21

कोईरालाको जन्म जयन्तिकाे अवसरमा वीरगंजमा विभिन्न तीन दिवसिय र्कायक्रम

इरफान अलि, वीरगंज  । नेपाली राजनितिका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोईरालाको जन्म जयन्तिको अवसरमा जी.पी कोईराला फाउण्डेशन पर्साले वीरगंजमा विभिन्न तीन दिवसिय र्कायक्रमको आयोजना गरेको छ ।
स्वर्गिय गिरिजा प्रसाद कोईरालाको ९६औं जन्म जयन्तिको अवसरमा मानव सेवा आश्रममा आज दिवा खाना तथा राहत स्वरुप चामल दुई बोरा, मिठाई,आप १ करेट आश्रममा प्रदान गरिएको छ ।
जी.पी कोईराला फाउण्डेशन पर्साले कोईरालाको जन्मोत्सवको अवसरमा तीन दिवशिय र्कायक्रमको घोषना गरेको छ । पहिले दिनको र्कायक्रममा मानव सेवा आश्रममा औपचारिक र्कायक्रमलाई सम्बोधन गर्दै फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गिरिजा प्रसाद कोईरालाको योगदान स्मरणिय रहने बताए । कोईरालाले देखाएको सहमति सहकार्य र एकताको खाचो अहिले पनि उतिकै रहेको सभापति सहाबुदिनले बताए ।
जी.पी फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले गिरीजा प्रसाद कोईरालाको राजनितिक चेतना अहिले पनि उतिकै सान्दर्भिक रहेको जिकिर गरेका थिए ।
फाउण्डेशन पर्साले आयोजना गरेको पहिलो दिनको औपचारिक कार्यक्रमको सभापतित्व मोहम्मद सहाबुदिनले गरेका थिए । र्कायक्रममा फाउण्डेशनका कोषाध्यक्ष मनोहर साह,सह सचिव मिन्टु देवि सिहं, सदस्य द्धय प्रिति सिह,जितेन्द्र सिंह,बाबु नन्द प्रसाद पटेल,फाउण्डेशन पर्साका वीरगंज नगर सभापति आकास चौहान,नेपाली काग्रेसका बुथ सभापति शेख निजामुदिन,प्रेस युनियन पर्साका सचिव किशार सिंह,फाउण्डेशन ईकाइ समिति वडा नं ३ का अध्यक्ष सदिंप केवटको उपस्थिति रहेको थियो । कार्यक्रमको उदघोषण फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले गरेका थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *