Monday, May 11

परराष्ट्रमन्त्री राणाले भेटिन् मानवअधिकार उच्चायुक्त

नेपालअखबार,काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त भोल्कर टुर्कसँग भेटवार्ता गरेकी छन् ।

मानवअधिकार परिषद्को ५८औं सत्रमा सहभागी हुन जेनेभा पुगेकी मन्त्री राणाले विहीबार टुर्कसँग भेटवार्ता गरेकी हुन् ।

Advertisement

भेटमा नेपालको मानवअधिकार परिषद्मा सक्रिय सहभागिता, योगदान तथा सन् २०२७-२९ कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीबारे छलफल गरेको मन्त्री राणाले जानकारी दिएकी छन् ।

भेटवार्तामा नेपालको संक्रमणकालीन न्याय प्रक्रिया, जलवायु परिवर्तन, शान्ति, स्थायित्व तथा विकासका विषयमा समेत विचार आदान-प्रदान परराष्ट्रमन्त्री राणाले जानकारी दिइन्।