Friday, July 10

मदन पुरस्कार २०८१ का लागि आवेदन आह्वान

नेपालअखबार,काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि सर्जकहरूसँग आवेदन माग गरेको छ ।

Advertisement

बिहीबार एक सुचना जारी गर्दै गुठीले २०८१ साल (१५ अप्रिल २०२४ देखि १४ अप्रिल २०२५ )भित्र प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो ।गुठीले उक्त अवधिमा प्रकाशित भएका पुस्तकका लेखकलाई आफ्नो पुस्तकका चार प्रतिसहित १५ वैशाख २०८२ भित्र मदन पुरस्कारका लागि आवेदन दिन भनेको छ ।

Advertisement
Advertisement

Advertisement