
नेपालअखबार,काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ मा प्रतिनिधिसभामा ६४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभामा छलफलका लागि स्वीकृत भएपछि तोकिएको बिहिबार साँझ ५ बजेर ५० मिनेटसम्मको समयमा ६४ वटा संशोधन प्रस्ताव दर्ता भएका संघीय संसद सचिवालयको विधेयक व्यवस्थापन शाखाले जानकारी दिएको छ । विधेयक गृह मन्त्रालयले सरकारी विधेयकका रूपमा १५ माघमा संघीय संसद सचिवालयमा दर्ता गरेको थियो ।

