Friday, July 3

दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश सभामुखका पिएसओको मृत्यु

नेपालअखबार,धनगढी ।  धनगढीमा एक जना सईको दुर्घटनामा परेर मृत्यु भएको छ।

Advertisement

बझाङको मस्टा गाउँपालिका वडा नम्बर ७ का प्रहरी सई ३४ वर्षीय योगेन्द्रबहादुर बोहराको सोमबार बिहान सवा ११ बजेतिर भएको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको हो।

Advertisement
Advertisement

स्कुटर बिजुलीको पोलमा ठक्कर खाँदा उनी घाइते भएका थिए।

Advertisement

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले सई बोहोराको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए।

बोहरा सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पिएसओ) रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए सई बोहरा सवार सु.प.प्र. ०१–००९ प ३४२९ नम्बरको स्कुटरमा अत्तरियावाट धनगढीतर्फ जाँदै गरेका थिए।

स्कुटर तीव्र गतिका कारण अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाएको थियो।