Tuesday, May 5

हल्ला गरेर केही हुँदैन, राजतन्त्रको पक्षमा कुनै माहोल छैन : सभापति देउवा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजतन्त्रको पक्षमा कुनै माहोल नरहेको बताएका छन्।

यो कुरा उनले धनगढीमा सोमबार पत्रकारहरूको प्रश्नको जबाफमा भनेका हुन्।

Advertisement

पत्रकारले राजतन्त्रका पक्षमा माहोल बनेकोबारे प्रश्न सोधेका थिए। जबाफ दिँदै देउवाले भने, ‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन।’

राप्रपा, राप्रपा नेपाललगायतको आह्वानमा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत भएको थियो। त्यसप्रति लक्ष्य गर्दै सभापति देउवाले राजतन्त्रको मुलुकमा माहोल नभएको बताएका हुन्।

फरक प्रसंगमा सभापति देउवाले सरकार सञ्चालनमा सत्तारूढ दलहरूबीच कुनै असमझदारी नभएको बताए। उनले यो समीकरण २०८४ सम्म जाने बताए। सभापति देउवाले पार्टीको १५ औं महाधिवेशन समयमै हुने पनि बताए।

सभापति देउवा पार्टीको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन उद्घाटन गर्न धनगढी पुगेका हुन्।