नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार र सत्तारुढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेको बताउनुभएको छ।
साथै उहाँले वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा जारी सचिवालय बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘लोकतन्त्रको रक्षा, संघीय गणतन्त्रको रक्षा र प्रतिगामी यथास्थितिवादीहरुले टाउको उठाउन थालेका छन्। यसलाई हामीले गम्भीर रुपमा लिएका छौँ।’