Monday, May 11

भोलि यस्तो छ समाजवादी मोर्चाको विरोध प्रदर्शन रुट

नेपालअखबार, काठमाडौं । भोलि(शुक्रबार) काठमाडौँको भृकुटीमण्डपमा हुने चार दलीय समाजवादी मोर्चाले निकाल्ने जुलुसको रुट तय भएको छ । बिहान ११ बजे जम्मा हुने रुटहरूमा नेकपा माओवादी केन्द्रले पूर्वमा बबरमहल, दक्षिणमा कुपन्डोल, पश्चिममा त्रिपुरेश्वर र उत्तरपश्चिममा सोह्रखुट्टेमा जम्मा भएर शान्तिबाटिका आउने तय गरिएको छ ।यस्तै नेकपा एकीकृत समाजवादीले मैतीदेवी, डिल्लीबजार चोक हुँदै शान्तिबाटिका आउनेछन् । विप्लव नेतृत्वको नेकपाले सुनधारा जम्मा भएर शान्तिबाटिका आउनेछन् भने महिन्द्र राय यादव नेतृत्वको नेसपाले न्यूरोड गेटमा जम्मा भएर शान्तिबाटिका आउने मोर्चाका नेताहरूले बताएका छन् ।

यी सबै जुलुस शान्तिबाटिकामा मिसिएर भृकुटीमण्डपतर्फ अगाडि बढ्नेछ । बुधवार बसेको मोर्चाको बैठकले जुलुस निकाल्ने ठाउँ, नारा र समय निश्चित गरेको थियो । सभा दिउँसो १ बजेबाट सुरु हुने प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

Advertisement