Monday, May 11

सरकारको लापरवाहीले पार्टी कार्यालय तोडफोड भयोः घनश्याम भुसाल

नेपालअखबार,काठमाडौं । सरकारले सुरक्षा प्रदान गर्न नसक्दा नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टी कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको जनाएको छ ।

राजावादीहरुले प्रदर्शनका क्रममा पार्टी कार्यालय जलाएपछि आयोजित पत्रकार सम्मेलन गर्दै महासचिव घनश्याम भुसालले अराजक पश्चगामी तत्वहरु प्रवेशगरी तोडफोड गर्नुका साथै कागजात र फर्निचार जलाएको जनाए । उनले सुरक्षाका लागि सरकारलाई पटक पटक आग्रह गर्दा पनि सुरक्षा दिन नसकेको भन्दै सरकारले लापरवाही गरेको बताए ।

Advertisement

May be an image of the Western Wall and text