Saturday, August 15

काठमाडौँको आकाशबाट तुवाँलो फाट्न केही दिन लाग्ने

नेपालअखबार,काठमाडौं । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको तुवाँलो फाट्न अझ केही दिन लाग्ने भएको छ।

Advertisement

भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।

Advertisement
Advertisement

हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताइन्।

Advertisement

बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ।