Wednesday, August 5

विधुतिय टेम्पो हस्तान्तरण

नेपालअखबार,विराटनगर । कोशी प्रदेश प्रहरी तालिमकेन्द्र बिराटनगरलाई आन्तरिक प्रयोजनको निम्ति अटो सिटि बजाज सोरुम इटहरी सुनसरीका प्रवन्धक प्रदिप कुमार सन्थालिया र व्यवस्थापक जयन्त सन्थालियाद्वारा १ थान बिद्युतिय टेम्पो हस्तान्तरण भएको छ ।

Advertisement

चैत्र २८ गते तालिम केन्द्र परिसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेलाई सन्थालियाद्वयले बिद्युतिय टेम्पो (E-RICKSHAW) हस्तान्तरण गर्नु भएको हो । बिद्युतिय टेम्पो प्रदान गरी प्रहरीलाई सहयोग गर्नु हुने सन्थालियालाई समादेशक काफ्लेले हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुका साथै उक्त बिद्युतिय टेम्पो तालिम केन्द्रले आन्तरिक प्रयोजनका विविध कार्यहरुमा नियमितरुपमा प्रयोग गरी काम-कारवाही तथा प्रशिक्षण व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रयोग गरिने बताउनु भयो ।

Advertisement
Advertisement

कार्यक्रममा समाजसेवी सन्थालियाले समाजमा शान्ति सुरक्षा प्रदान गर्न दक्ष जनशक्ति उत्पादन गर्ने प्रहरी तालिम केन्द्रलाई थप सहजता मिलोस भनेर बिद्युतिय टेम्पो आफुले प्रदान गरेको बताउनु भयो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक गुरु प्रसाद तिम्सिना सहित प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीहरुका साथै प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।

Advertisement