नेपालअखबार,काठमाडौं । अमेरिका भ्रमणमा रहेकी इटलीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेकी छन्।
Advertisement
भेटवार्ताको क्रममा मेलोनी र ट्रम्पबीच अमेरिका र युरोपबीच सम्भावित व्यापार सम्झौताका विषयमा छलफल भएको थियो।
Advertisement
Advertisement
भेटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘व्यापार सम्झौता शतप्रतिशत हुनेछ, तर त्यो निष्पक्ष सम्झौता हुनेछ।’
Advertisement
मेलोनीले पनि व्यापार सम्झौता हुने विश्वास व्यक्त गरेकी छन् । उनले भनिन्, ‘म विश्वस्त छु कि हामी सम्झौतासम्म पुग्नेछौं।’
मेलोनीले आफ्नो उद्देश्य ‘मेक द वेस्ट ग्रेट अगेन’ अर्थात् पश्चिमलाई पुनः महान बनाउने रहेको बताइन्।
२ अप्रिलमा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका थुप्रै देशमाथि रेसिप्रोकल टैरिफ लगाउने घोषणा गरेका थिए।
ट्रम्पले चीनलाई छाडेर अन्य देशहरूलाई ९० दिनको अस्थायी बिराम लगाउँदै पारस्परिक भन्सार शुल्कलाई घटाएर १० प्रतिशत बनाएका छन्।
युरोपेली संघबाट आयात हुने सामानहरूमा २० प्रतिशत भन्सार शुल्क लगाउने र त्यसलाई ९० दिनका लागि रोक्ने निर्णयपछि मेलोनी अमेरिका भ्रमणमा जाने पहिली युरोपेली नेतृ बनेकी हुन्।