Saturday, August 22

रूस-युक्रेन असफल वार्ताबारे ट्रम्पले भने- मध्यस्थता प्रयास छाड्नेछौं

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच शान्ति सम्झौतामा पुग्न कठिन बनाइयो भने अमेरिकाले भविष्यका वार्ताहरूको मध्यस्थता नगर्ने संकेत गरेका छन् ।

Advertisement

ओवल अफिसमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, ‘म केही निश्चित दिनहरूभित्र युद्धविरामको आशा गरिरहेको छैन, तर म चाहन्छु कि यो यथासक्य चाँडो होस्।’

Advertisement
Advertisement

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि केही घण्टाअघि मात्र भनेका थिए, ‘यदि युद्धविराम सम्झौतासम्बन्धी कुनै स्पष्ट संकेत देखिएन भने अमेरिका केही दिनमै रूस-युक्रेन शान्ति वार्ताको मध्यस्थता प्रयास छाड्नेछ।’

Advertisement

रूस र युक्रेनबीचको सम्भावित सम्झौताबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘हामी यहाँ त्यस्ता मानिसहरूको कुरा गर्दैछौं, जो मर्ने क्रममै छन्। सम्भव भएसम्म हामी यसलाई रोक्नेछौं।’

उनले अगाडि थपे, ‘तर यदि कुनै कारणले दुवैमध्ये कुनै एक पक्षले यसलाई अत्यन्तै जटिल बनायो भने हामी ‘तिमी मूर्ख हौ, तिमी बेवकूफ हौ र तिमी डरलाग्दा मानिस हौ’ भन्छौं र यसबाट पछि हट्नेछौं।’

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै अमेरिकी विशेष दूत स्टीव विटकोफ ‘रूसी प्रचार’ फैलाइरहेका आरोप लगाएको सन्दर्भमा ट्रम्पको यो अभिव्यक्ति आएको हो ।