
नेपालअखबार,काठमाडौँ । जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आन्दोलनस्थलमा पुगेका छन् । सोमबार नेपाल र खनालसहित अन्य नेताहरूसमेत बिजुलीबजार पुगेर ऐक्यबद्धता जनाएका हुन् ।
चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन सोमबार २७ औँ दिन पनि जारी छ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्।


