विश्वस्वास्थ्य

छोराले भने, ‘कोरोनाले बुवाको ज्यान लियो, परिवारका २८ सदस्य संक्रमित’

नेपाल अखबार, एजेन्सि। दक्षिण क्यालिफोर्नियाका बासिन्दा रिचर्ड ग्यारेलाई जुन पहिलो हप्तामा कोरोनाभाइरसको संक्रमण देखियो । त्यहि समयमा उनका बुवा बिरामी भएको रिचर्डले जानकारी दिए ।

त्यसको दुई हप्तापछि उनका बुवा भिडाल ग्यारेको कोभिड–१९ का कारण मृत्यु भयो । त्यतिबेलादेखि उनको परिवारका २८ जनामा कोरोनाको संक्रमण देखिएको उनले बताए
२७ वर्षका रिचर्डले सीएनएनलाई दिएको जानकारी अनुसार उनको परिवारले क्वारेन्टिनका लागि तोकिएको निर्देशिका पालना गरेका थिए ।
‘मलाई लाग्छ, यो न्यूनतम सम्पर्कको माध्यमले भएको हो,’ उनले भने । उनका अनुसार उनको बुवालाई संक्रमणको कुनै लक्षण देखिएको थिएन । आफूलाई संक्रमण भएको थाहा नपाउँदा उनले तीनवटा घरमा भ्रमण गरेको छोरा रिचर्डले बताए । उनका अनुसार भेटघाट निकै संक्षिप्त थियो, कतिजनालाई त १० मिनेटका लागि पनि भेटेका थिएनन् ।
रिचर्डले आफ्नो परिवारबारे जानकारी दिएर यो भाइरस वास्तविक भएको र यसको संक्रमण कति छिटो सर्छ भनेर सबैलाई जानकारी दिन खोजेको बताए ।
उनका आमा–बुवा, २ वर्षे बालकलगायत अन्य दुई साना नानीहरु, दुई दाजुभाइ र गर्भवती भाउजुमा कोरोना संक्रमण देखिएको उनले बताए । उनका संयुक्त परिवारका अन्य सदस्य पनि कोरोना संक्रमणसँग जुधिरहेको उनले जानकारी दिए ।
फादर्स डेको एकदिन अघि उनका ६० वर्षका पिताको निधन भएको उनले बताए  ।
‘आशा गरौं, उनको मृत्युले धेरैको ज्यान बचाउन सक्छ,’ रिचर्डले भने । ‘यदि उहाँको कथाले जीवन बचाउन सक्छ भने यसबारे जानकारी दिन आवश्यक छ । यो साँचो हो । यसले संक्रमित गर्न धेरै समय नै लाग्दैन ।’
‘मेरो बुवाको मृत्यु र पीडाबारे जानकारी दिएर हामीले अन्य सयौं वा हज्जारौंको ज्यान जोगाउन सक्छौं । यसबारे धेरै मानिसहरुलाई थाहा होस् भन्ने मेरो चाहना छ ।’
the authoradmin

Leave a Reply