समाचार

१२८ किलो गाँजासहित ट्यांकरका चालक र सहचालक पक्राउ

नेपाल अखबार,मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक सय २८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाँजासहित ट्याङ्करका चालक र सहचालकलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रवहादुर रानाले जानकारी दिए।
शनिबार बिहान ५ बजे हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको तेल बोक्ने ट्याङ्करमा लुकाईछिपाई गाँजा ओसार पसार गरिँदै छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आवश्यक जाँच प्रक्रिया अघि बढाएको थियो।
प्रहरीले ट्याङ्करका चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका-३० बस्ने २७ वर्षीय एनामुलहक देवान र सह–चालक सोही स्थान बस्ने २४ वर्षीय मोहरवान अन्सारीलाई पक्राउ गरेको हो।

the authoradmin

Leave a Reply