Saturday, April 18

मुख्यमन्त्री कार्की र चिनिया राजदूत सोङबीच भेटवार्ता

नेपालअखबार,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र चीनका राजदूत चेन सोंगबीच भेटवार्ता भएको छ। शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत र मुख्यमन्त्रीबिच भेटघाट भएको हो ।

भेटघाटको अवसरमा दुई पक्ष हितका विषयमा कुराकानी भएको थियो । सो भेटघाटमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले अहिले गरिरहेको काम का विषयमा प्रकाश पारेका थिए ।

Advertisement

कृषि, पर्यटन, सूचना प्रविधिका विषयमा सहयोग गर्नका लागि पनि राजदूत सोंगलाई मुख्यमन्त्री कार्कीले आग्रह गरे । उनले किमाथांका–जोगबनी सडकका विषयमा पनि राजदूतलाई जानकारी गराउँदै सडकले नेपालको पर्यटन र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

सो अवसरमा चीनका राजदूत चेन सोंगले कोशी प्रदेशको  कृषि  उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय उत्पादन गर्न सके बजार विस्तार हुने बताए ।

उनले कोशी प्रदेशको कृषि उत्पादन बजारीकरणका विषयमा चासो राखेका थिए । राजदूत सोंगले किमाथांका क्षेत्रमा आफ्नोतिर सबै निर्माण काम भएको तर नेपालतर्फ काम हुन नसकिरहेको विषयमा पनि चासो राखेका थिए ।

चीनतर्फको भागमा अहिले निर्माण कार्य सम्पन्न भइसकेको छ। नेपालतर्फको निर्माणमा ध्यान दिनुपर्ने कुरामा उनको जोड थियो।  राजदूत चोग केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा छन्। उनले इलामलगायत कोशी प्रदेशका विभिन्न क्षेत्रमा चीन सरकारले गरेको सहयोगका कार्यक्रमको निरीक्षण गरेका छन् ।