Saturday, April 18

पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्दैछन् ट्रम्प

नेपालअखबार, वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्ने भएका छन् । ट्रम्प र मुनिर दिउँसो १ बजे ह्वाइट हाउसमा भेट्नेछन् ।

यो भेटका क्रममा त्यहाँ कुनै पनि सञ्चार माध्यम उपस्थित नहुने बताइएको छ । असिम मुनीर जुन १४ देखि अमेरिका भ्रमणमा छन् । ट्रम्पसँगको उनको भेट पूर्वनियोजित थियो ।

Advertisement

यद्यपि, ट्रम्प र मुनिरको भेट इरान र इजरायलबिच बढ्दो तनावको समयमा भइरहेको छ । इरान र पाकिस्तान छिमेकी देश हुन् ।

मुनिरले केही अघि, मे महिनाको अन्त्यतिर इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीलाई भेटेका थिए । बघेरी जुन १३ मा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।