प्रदेश ७स्वास्थ्य

सुदूरपश्चिममा संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा वृद्धि, ९०४ जना घर फर्किए

Nepal Akhabar

नेपाल अखबार, कैलाली ।  सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोना संक्रमितको संख्या ९०४ पुगेको छ ।
सोमबार प्रदेशका बिभिन्न अस्पतालबाट २४२ जना संक्रमित निको भएपछि घर जानेको संख्या ९०४ पुगेको हो ।
बझाङ्गबाट १०, अछाम बाट १५,बैतडी अस्पतालबाट २४२ जना संक्रमित निको भएर घर गएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
संक्रमित पुष्टि हुनेभन्दा निको भएर घर जानेको संख्या निकै बढेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले  बताए ।
उनले सोमबार मात्र सेती प्रादेशिक धनगढी प्रयोगशालाबाट कैलालीका ३ जना पुरुष र १ जनामहिलामा मात्र कोरोना पुष्टि भएको  बताए ।
काक्रीका अनुसार अहिले प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ६३१ रहेको बताए ।
संक्रमितमध्ये ७ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म २२ हजार ९६८ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र १९ हजार ४२६ मा नेगेटिभ आएको उनले बताए ।
२ हजार ५२८ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १५ हजार ८४३ जनामा परिक्षण गरिएको छ ।
हाल सम्म फेला परेका संक्रमितहरु अछामका ५५४, बैतडीका २८३, बझाङ्गका १३९ ,बाजुरा ३९०, डडेल्धुराका २६७, दार्चुलाका १७, डोटीका ५१४ , कैलालीका ९५० र कंचनपुरका ४२८ गरि ३ हजार ५४२ रहेका छन ।
जस्मा महिला ८११ र पुरुष २ हजार ७३१ संक्रमित फेला परेका हुन ।
क्वारेन्टिाईनमा ४हजार ८१६ पुरुष र १ हजार २९१ महिला रहेका छन ।
प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १५ र संक्रमित १०१ गरी ११६जनाको उपचार भईरहेको छ ।
६९९ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।
हाल सेती प्रादेशिक अस्पताल धनगढीमा १२, टिकापुरमा ४२, महाकालीमा १३, अछाममा १०, डोटी २, बाजुरा २,  र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भईरहेको छ ।
बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भईरहेको  स्वास्थ्य महाशाखा प्रमुख काक्रीको भनाई छ ।

the authoradmin

Leave a Reply